गलत समाचार प्रति डा.शेषरमण न्यौपानेको ध्यानाकर्षण

दमौली : नेपाली कांग्रेसका नेता डा.शेषरमण न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्वर १ का लागि उमेद्वारमा सिफारिस भन्ने  प्रकाशित भएको समाचार प्रति उनले ध्यानाकर्षण भएको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर तनहुँ क्षेत्र नम्वर १ बाट उम्मेदवार परेको भनेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

स्वतन्त्र पार्टी प्रस्तावलाई उच्चतम् मूल्यांकन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्न पाउने अवसर आफ्नो आखा अगाडी राखेर, मनलाई विचलित हुन दिन हुन्न भन्ने अन्तरआत्माको भावनाका कारण समाचारमा आए अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सो प्रस्तावमा सहमती जनाउन नसकेको  उनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

साथै उनले अवसर र जिम्मेवारी नपाएर वा नपाउने संकेत देखेर विचलित भएका नेपाली कांग्रेस पार्टीका तमाम नेता तथा कार्यकर्ताहरुलाई विचलित नभै एकाकार हुन र यस महान अभियानमा जुट्न समेत हार्दिक अपिल समेत गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?