
काठमाडौँ : बेलायतमा ठगी गरेको आरोपमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
विस २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ बाट विजयी सांसद श्रेष्ठले अमेरिकी एक्सप्रेसमार्फत ७५ हजार पाउण्ड स्टर्लिङ ठगी गरेको भन्दै यहि भदौ २९ गते अख्तियारमा उजुरी परेको हो । श्रेष्ठविरुद्ध अख्तियारमा सी–०१४९७१ नम्बरमा उजुरी दर्ता गरिएको छ ।
श्रेष्ठले बेलायतको क्रेडिट कार्ड ठगी गरेपश्चात गल्ती लुकाउन पावर र पदको दुरुपयोग गर्दै तनहुँ जामुने ९ को नागरिकतको ठेगाना परिवर्तन गरेर ब्यास नगरपालिका २ दमौली र त्यसपछि व्यास ११ बनाएको खुलेको छ ।
माउण्टेन खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?