रवि लामिछाने असोज १४ गते दमौली आउदै

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने १४ गते ( शुक्रबार) दमौलीमा आउँदैछन् । चुनाव लक्षित  भेलालाई सम्बोधन गर्न यहि असोज १४ गते दमौलीमा आउन लागेका हुन् ।

दमौलीमा आयोजन सभालाई असोज १५ गते बिहान १० बजे सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।

सभापति सिग्देलका अनुसार १४ गते बन्दीपुर र लमजुङमा हुने सभालाई सम्बोधन गरेर १५ गते दमौलीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।

पछिल्लो समय तनहुँ -१ बाट नेपाली कांग्रेसका नेता डा. शेषरमण न्यौपानेको नाम प्रदेश कार्यसमितिले सिफारिस गरेपछि बजार नै तरंगित भएको थियो , तर न्यौपानेले आज नै बिज्ञप्ति जारी गरेर आफु कांग्रेसमै रहेको बताएका छन्  ।

त्यस्तै तनहुँ -२ बाट बिजय जोशीको नाम सिफारिस गरेका छन्  ।

कार्यक्रम व्यास-३ दमौलीको खुल्ला मैदान हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?