रवि लामिछाने भोलि नै दमौली आउने

दमौली :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि नै दमौलीमा आउने भएका छन् । उनी पार्टीको चुनाव लक्षित  भेलालाई सम्बोधन गर्न भोलि बिहिवार दमौलीमा आउन लागेका हुन् ।

असोज १५ गते हुने भनेको कार्यक्रम बिशेष कारणले भोलि हुने भएपछि सभापति लामिछानेभोलि नै दमौली आउन लागेको तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।

सभापति सिग्देलका अनुसार चितवनमा भएको सभालाई सम्बोधन गरेर भोलि दिउँसो १ बजे दमौलीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।

दमौलीका साथसाथै उनले तनहुँको बन्दीपुर , भिमाद ,लमजुङ र गोरखा मा हुने सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति सिग्देलले बताए ।

कार्यक्रम व्यास-३ दमौलीको खुल्ला मैदान हुने आयोजकले जनाएको छ ।

पछिल्लो समय तनहुँ -१ बाट नेपाली कांग्रेसका नेता डा. शेषरमण न्यौपानेको नाम प्रदेश कार्यसमितिले सिफारिस गरेपछि बजार नै तरंगित भएको थियो , तर न्यौपानेले आज नै बिज्ञप्ति जारी गरेर आफु कांग्रेसमै रहेको बताएका छन्  ।

त्यस्तै तनहुँ -२ बाट बिजय जोशीको नाम सिफारिस गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?