तनहुँमा म्यादी प्रहरीको प्रथम चरणको नतिजा सार्वजनिक (सुची सहित)

दमौली :  जिल्ला प्रहरी कार्यालय तनहुँले म्यादी प्रहरीको नतिजा सार्वजनिक गरेको छ । बिहिवार दिउँसो म्यादी प्रहरीको प्रथम चरणमा शारीरिक तर्फ लिएको परीक्षामा पास भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।

म्यादी प्रहरी भर्ना छनाेट, नियुक्त तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुरुप पूर्व नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल, छिमेकी मित्र राष्ट्रहरुका पूर्व सैनिकहरु र स्थानीय निर्वाचनका पूर्व म्यादी प्रहरीहरु बाहेक अन्य दरखास्त दिएका उम्मेवदारहरुको असाेज ९ गतेदेखि १२ गतेसम्म लिइएकाे परीक्षाबाट उत्तीर्णकाे नामावली सार्वजनिक गरिएकाे जनाएको छ ।

पास भएका उम्मेदवारहरुले आफ्नो सक्कली नागरिकता सहित भोलि बिहान १० बजे व्यास नगरपालिका -५ पाटन खेल मैदानमा लिखित परिक्षामा उपस्थित हुन भनिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?