
दमौली : प्रथम रोटर्याक्ट कप ‘२०७९ ‘को मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि उपाधि लियो क्लब अफ म्याग्देले हात पारेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकाको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा जेसिआइ व्यास नगरलाई ८–७ गोलले पराजित गर्दै मेयर कपको उपाधि जितेको हो ।
रोटर्याक्ट क्लब अफ दमौलीद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै लियो क्लब अफ म्याग्देले बोका हात पारेको छ भने जेसिआइ व्यास नगरले टर्कीमा चित्त बुझायो ।
खेलमा १–१को बराबरीमा टुङगिएको पछि दुबै टिमले पेनाल्टीको अवसर पाएका थिए । दोस्रो हाफमा लियो क्लब अफ म्याग्देले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरी गोल गर्न सफल भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।
र अन्नतः लियो क्लब अफ म्याग्दे तनहुँले पेनाल्टी अवसरमै ८–७ गोल अन्तरले जेसिआइलाई पराजित गर्दै उपाधि जित्न सफल भएको क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।
असोज १२ गते प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए भने समापन कार्यक्रमका प्रमुख अथिति व्यास नगरपालिका वडा नं ६का वडाध्यक्ष एवम् प्रवक्ता जीवन गुरुङ रहेका थिए ।
प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै गुरुङले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले युवाहरुमा आपसी सदभाव र भातृत्वको भावना बिकास गराउने बताए ।
उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ तनहुँ, रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली, जेसिआइ व्यास नगर, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लियो क्लब अफ तनहुँ, टिम नेपो, लियो क्लब अफ म्याग्दे, एलायन्स क्लब अफ तनहुँ, मेडिकल टिम, कर्मचारी सहकारी क्लबको सहभागीता रहेको कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?