तनहुँको कालिका मन्दिरमा भित्र्याइयो फूलपाती ( तस्बिर सहित)

दमौली : तनहुँको व्यास नगरपालिका-४ मा रहेको कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ ।

व्यास नगरपालिका -३ विपी वनवटिका बाट लिएर गएको फूलपाती मन्दिरमा भित्र्याएका हुन् ।

बाजागाजा सहित दमौली बजार परिक्रमा गरी फूलपाती मन्दिरमा भित्र्याएको हो।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला प्रहरी कार्यालय तनहुँ प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी , वडाध्यक्ष,राजनीतिक दलका प्रमुख , संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानियहरुको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

तस्बिर : सुरेश वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?