काठमाडौँ- नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटका राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ लामिछानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।
लामिछानेलाई प्रहरी वृत्त, गौशाला काठमाण्डौमा राखिएको छ ।
गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?