मकवानपुर –बाराको अमलेखगञ्जमा यात्रुवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?