चितवन- २ बाट रवि लामिछानेले दिए उम्मेदवारी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसाे भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

यसअघि रवि चितवन-३ बाट उठ्ने चर्चा थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त ठाउँबाट उम्मेदवार हुने सम्भावना रहेका बेला केही दिनअघि लामिछाने चितवन-३ अन्तर्गत पर्ने माडी आएर कार्यक्रम पनि गरेका थिए ।

तर माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट नभएर गाेरखाबाट उठ्ने र माओवादीले चितवन-३ मा गठबन्धनका उम्मेदवारका रूपमा डा. भाेजराज अधिकारीलाई उठाउने निर्णग गरेपछि रविले चितवन-२ राेजेका हुन् ।

चितवन-२ मा एमालेबाट कृष्णभक्त पाेखरेल र सत्तारूढ गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?