
दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तनहुँ जिल्लाका अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
घर्तीले आइतबार तनहुँकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराएका हुन् ।
त्यस्तै प्रत्यक्ष तर्फ तनहुँ – १ को प्रदेश सभा (क)मा विवेक न्यौपाने र (ख)मा राजु गोतामेले मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?