कोशिशले दमौलीमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

दमौली : राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिश तनहुँले  सोमवार दमौलीमा विविध कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस  मनाइएको छ ।

सचेतनाको माध्यमबाट मानसिक स्वास्थ्यको प्रर्वधन, मानसिक रोगको रोकथाम, समयमा पहिचान, उपचार तथा उचित ब्यवस्थापन र समुदायमा पुर्नस्थापनाको माध्यमबाट मानसिक स्वास्थ्य र मानसिक रोगको उचित सम्वोधन हुने अपेक्षा गरिएको कोशिश तनहुँको परियोजन प्रमुख महेन्द्र आचार्यले जानकारी दिए ।

अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस विविधसामाजिक असमानता र असमताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्न विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।

कोशिशले विगतको दिनमा तनहुँ जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धित विभिन्न कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?