प्रधानमन्त्री देउवाविरुद्ध कर्ण मल्लको उजुरी

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी रद्द गर्न उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उमेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको हो ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?