
दमौली : नेपाली कांग्रेसले तनहुँको क्षेत्र नम्बर २ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि शुक्लागण्डकी -६ स्थित खैरेनीटारमा मङ्गलबार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।
उक्त कार्यालयकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारीले उद्घाटन गर्दै उनले जनताकाे विश्वास लिएर निर्वाचन जित्ने बताए ।
तनहुँ क्षेत्र नं २ मा र गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जिल्ला सभापति जीत प्रकाश आले र माओवादी केन्द्रका राजेन्द्रकेशरी न्याैपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?