मनाङबाट दीपक मनाङे निर्विरोध

मनाङ : मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदजार दोर्जे गुरूङले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्  ।

अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए ।

मनाङेका विरुद्धमा प्रमुख दल नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र नेकपा एमाले कसैले पनि उम्मेदवारी खडा गरेनन् । एक जना दोर्जे गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङले सुरुमा गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर, मनोनयन गर्नुअघि आफूले गठबन्धन छोडिसकेको बताएका थिए ।

गुरुङ अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक बहुमत जुटाएर मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको जगमा उभिएर कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको ५ दलीय सरकार बनेको थियो । यो सरकारमा पनि उनी युवा तथा खेलमन्त्री नै बन्न सफल भएका थिए ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा उनी एमालेको समर्थनमा चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?