तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता

दमौली : आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ र २ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये पाँच जनाले उम्मेदवारी फिर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं -१ मा स्वतन्त्र उम्मेदवारी दिएका विश्व वास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस तनहुँको पूर्व सचिव रहेका वास्तोला गत स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखको टिकट नपाएपछि पार्टीबाट अलग हुन पुगेका थिए ।

त्यस्तै तनहुँ क्षेत्र नं-१ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका नगेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

तनहुँ क्षेत्र नं-२ (क) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार प्रेमकुमार परियारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस विपी बाट उम्मेदवारी दिएका डा. शेषरमण वाग्ले र क्षेत्र नं-२ (ख) मा जसपाबाट प्रदेशसभा सदस्यका उम्मेद्वार पूर्णबहादुर गुरुङले उम्मेद्वारी फिर्ता लिएका छन् ।

तर सत्ता गठबन्धनमा आवद्ध नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका चार वटै प्रदेश सभाका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?