
दमौली : तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि कैची चिह्न नै पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज कैची चुनाव चिन्ह प्रदान गरेको हो ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका जोशीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बरिष्ट नेता रामचन्द्र पौडेलको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?