मूर्तिकार पृथ्वीनारायणको चुनाव चिह्न सूर्यमुखीको फूल

दमौली : तनहुँ –१ बाट स्वतन्त्र उम्मेदवारी दिएका मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले सूर्यमुखीको फुल चुनाव चिह्न पाएका छन्।  उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सूर्यमुखीको फुल चुनाव चिन्ह प्रदान गरेको हो ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार  चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?