तनहुँ-१ मा रामचन्द्र पौडेलको निर्वाचन सम्पर्क कार्यालय स्थापना

दमौली :  तनहुँको क्षेत्र नम्बर १ मा गठबन्धनले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि व्यास नगरपालिका -३ स्थित दुर्गामन्दिर लाइनमा बिहिवार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

उक्त कार्यालयकाे नेपाली काङ्ग्रेसका वरिष्ट नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले उद्घाटन गर्दै उनले जनताकाे विश्वासले यस क्षेत्रमा गठबन्धन जित निश्चित रहेको बताए ।

तनहुँ क्षेत्र नं १ मा र गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस वरिष्ट नेता पौडेल , प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट  अशोक कुमार श्रेष्ठ र माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गरेका छन्   ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्धमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?