तनहुँ-१ मा राप्रपाको चुनावी सम्पर्क कार्यालय स्थापना

दमौली :  तनहुँको क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि व्यास नगरपालिका -४ स्थित जिल्ला प्रहरी अगाडी जिल्ला कार्यसमितिको कार्यालयमा शुक्रवार  निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

उक्त कार्यालयकाे राप्रपाको जिल्ला अध्यक्ष  एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार बिनोद कुमार घर्तीले उद्घाटन गर्दै उनले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार अन्त्यका लागि आफ्नो उम्मेदवार रहेको बताए ।

देशमा सुशासन कायम गराउने आफूहरुको एजेण्डा रहेको उनको भनाई थियो ।

राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवारी दर्ता गरेका छन्   ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?