गण्डकी प्रदेशमा ६ जना मन्त्रीले शपथ लिए तर चर्चामा रहेका दोबाटे बि. क परेनन् l

गण्डकी प्रदेशमा आज थप ६ जना मन्त्रीहरुले शपथ लिए। उनीहरुलाई गण्डकी प्रदेशका  प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।

कांग्रेसको तर्फबाट  कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री ,विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा यस्तै मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको  शपथ लिएको हो ।

यस्तै माओवादी केन्द्रको तर्फबाट चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिए भने रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र शपथ लिएका छन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य रहेका छन् ।

यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

तनहुँका कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य डोवाटे विकको चर्चामै सिमित l

तनहुँका कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य डोवाटे विकको ठाउँमा अन्तिम समयमा आएर कास्कीका सभासद बिन्दु कुमार थापाको नाम तय गर्दै गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ ।
यस अघि नै डोवाटेको  नाम पनि  चर्चामा रहेको थियो l साथै  स्याङजाका मेषलाल श्रेष्ठ र बाग्लुङका मणिभद्र शर्मा साहितको  नाम तय भएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विकलाई मन्त्री बनाउन  माग राखेका आधारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नाम तय गरेका थिए । सपथग्रहण अघि मात्र नाम सार्वजनिक गर्ने तय भए पनि पार्टी सभापति शेरबहादुर देउवानिकट बिन्दुकुमार थापाले अन्तिम समयमा बाजी मार्दै आफ्नो ठाउँ सुरक्षित गरेका हुन्।
तर सभापति देउवाको निर्देशन र प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्री बनाउनुपर्ने भन्दै कास्कीबाट चर्को दबाब परे पछि मुख्यमन्त्री यस अघिको निर्णयबाट पछि हटि  देउवानिकटलाई सिफारिस गरेको  बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?