पूर्व मन्त्री जोशी सहित ९ जनाको उम्मेदवारी खारेज माग गर्दै परेको रिट खारेज

काठमाडौं : पूर्व गृहमन्त्री गोविन्दा राज जोशी लगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दिएका थिए ।

उनले जोशी, विजय गच्छदार, पाण्डे, प्रभु शाह, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गरेका थिए ।

साभार : अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?