दमौली : सञ्चारकर्मीहरु पछिल्लो समय राजनीतिक यात्रामा लाग्ने क्रम बढेको छ । यस क्रममा चितवनको रत्ननगर नगरपालिका–१३ घर भई हाल दमौलीमा बस्ने युवा सञ्चारकर्मी बिनोद सेन्चुरी पनि राजनीतिक यात्रामा अघि बढेको छ ।
सञ्चारकर्मी सेन्चुरी पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई राजनीतिमा लागेका हुन् । भ्रष्ट्राचार, सूशासन रहित समाजको परिकल्पनाका साथ राजनीतिमा होमिएको सेन्चुरीले बताए ।
लामो समय सञ्चारकर्मी रहेका सेन्चुरी सो पार्टीको चितवनको क्षेत्र नम्बर २ बाट समानुपातिका उम्मेदवार बन्नको लागि निवेदन दिएका हुन् । उनको क्षेत्रबाट प्रतिनिधिसभामा पार्टीकै सभापति रवि लामिछाने उम्मेदवार रहेका छन् ,त्यस कारणले गर्दा पनि उनी संसद सम्भावना हुने बिश्वास बढेको उनको भनाइ छ ।
विगत १६ वर्षदेखि संचारक्षेत्रमा आवद्ध भइ चितवनको रेडियो चितवनबाट संचार यात्रा सुरु गरेको र चितवनमा रहँदा भ्रष्टाचार न्युनीकरणको संस्था प्रो-पब्लिक चितवनको सचिव रही भ्रष्टाचार न्युनीकरण तथा रोकथामको बिषयमा जनचेतनामुलक कार्यक्रम सन्चालन गरेका थिए ।
त्यस्तैगरि अन्तर्राष्ट्रिय मानवाधिकारको संस्था एम्नास्ट्री इन्टरनेसनल नेपालको सदस्य रही महिला ,बालबालिका, पिछडिएका सामुदय र दलितको हकहित तथा अधिकारको निम्ति काम गरेको अनुभाव उनमा रहेको छ। साथै उनले चितवन र तनहुँमा रहेर पनि बिभिन्न संघसंस्था काम गरका छन् ।
सेन्चुरी दमौली एफएमको कार्यक्रम प्रस्तोता , राष्ट्रिय दलित पत्रकार मञ्च तनहुँको सल्लाहकार, नेपाल स्वतन्त्र पत्रकार संघ तनहुँकोसचिव समेत हुन् ।
सञ्चार क्षेत्रमा उहाँको योगदान र स्थानीय निकाय क्षेत्रमा उहाँको खबरदारी मुलक कार्यक्रमले धेरैको मन जिप्ने गरेको छ ।
जुझारु युवा सेन्चुरी समाज परिवर्तनको संवाह राजनीति भएको र नेताहरु गलत हुँदा जनताको समस्याहरु ज्यूँका त्यू भएकोले समाधानको लागि राजनीतिको बाटो अंगालेको सेन्चुरीको भनाई छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?