
दमौली : तनहुँको क्षेत्र नम्बर २ मा गठबन्धनले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि व्यास नगरपालिका -५ स्थित चापाघाटमा सोमवार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।
उक्त कार्यालयकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारीले उद्घाटन गर्दै उनले क्षेत्र नं २ को विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जित अपरिहार्य रहेको बताए ।
व्यास ५ मा रहेको मानहुँ पर्यटकीय निकै सम्भावना बोकेको स्थान भएको हुँदा यसको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने समेत भण्डारीको भनाई थियो ।
तनहुँ क्षेत्र नं २ मा र गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसबाट भण्डारी , प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र नेपाली कांग्रेसबाट जीतप्रकाश आलेले उम्मेदवारी दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?