लागुऔषध सहित एक जना पक्राउ

दमौली : प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको वेशीशहर नगरपालिका–२ बस्ने २५ वर्षीय सन्देश धिताल रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आउँदै गरेको ना ६ ख ९०९७ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनी लागुऔषध सहित पक्राउ परेको प्रहरी नायब उपरिक्षक युवराज खड्का दिए ।

पक्राउ परेका धितालबाट चेकजाँचका क्रममा  टोर्निथाईजिन ४४ एम्पुल, नोर्फीन ४४ एम्पुल, डाईजोपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागु औषध बरामद गरिएको उनले बताए ।

उनी विरुद्ध सोमबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?