घर-घरमा रोजगारीको वातारण सिर्जना गर्नेछु ; बरिष्ठ नेता पौडेल

दमौली : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले घरघरमा रोजगारी सिर्जना गर्ने गरी काम गर्ने बताएका छन् । मंगलबार  व्यास नगरपालिका–१० स्थित डिहीगाउँ, नयाँबस्ती,शेवर, कुमालटारी, बैरेनी बिपी डाँडामा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका वरिष्ठ नेता पौडेलले भने,” गाउँको विकासमा गाउँ-गाउँबाट शहरमा बसाईसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको छु । ” उनले गाउँका युवा शक्तिलाई बिदेसिनबाट रोक्नको लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसर दिने मुख्य लक्ष्य रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न  गठबन्धन आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको उनले   बताए ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभासदस्यका उम्मेदवार अशोक कुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती,चिनु पोख्रेल र नेकपा माओवादी केन्द्रतर्फबाट समानुपातिक उम्मेदवार बसन दरै,र नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ओमकुमारी पौडेल लगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?