जनताका हरेक समस्या समाधानका लागि सदैव तयार रहनेछु: नेता श्रेष्ठ

दमौली : नेपाली कांग्रेससका महाधिवेशन प्रतिनिधि एवं प्रदेशसभाका उम्मेदवार सदस्यका अशोक कुमार श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि सदैव तयार रहेको  बताएका छन ।

मंगलबार तनहुँको व्यास नगरपालिका–१० स्थित डिहीगाउँ, नयाँबस्ती,शेवर, कुमालटारी, बैरेनी बिपी डाँडामा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा उनको भनाई रहेको थियो  ।

उक्त कार्यक्रममा कांग्रेससका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार  रामचन्द्र पौडेल, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती,चिनु पोख्रेल र नेकपा माओवादी केन्द्रतर्फबाट समानुपातिक उम्मेदवार बसन दरै,र नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ओमकुमारी पौडेल लगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?