भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना

दमौली :  तनहुँको भिमादमा एमाले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि भिमाद नगरपालिका –६स्थित क्याम्पस रोडमा मंगलवार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

उक्त कार्यालयकाे  मंगलबार उदघाटन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले जनताले एमाले पार्टीलाई मत दिएर निर्वाचित गराउनेमा आफु बिश्वस्त रहेको बताए ।

एमालेबाट तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङ,प्रदेशसभा सदस्यका उम्मेदवार श्यामराजा महत र  केदार सिग्देल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?