
दमौली : तनहुँको गाउँपालिका- ४ बेनिटारबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २२ को नर बहादुर थापा रहेका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
सुनौलीबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख ९९५ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले लागू औषध नुर्फिन ६८ एम्पुल, फेनेरागन ६९एम्पुल र डाईजोपाम ६९ एम्पुल गरी जम्मा २०६ एम्पुल सहित पक्राउ गरिएको छ ।
थापालाई अनुसन्धानका लागि दश दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय तनहुँलेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?