दमौली : तनहुँको बन्दिपुर गाँउपालिकामा शुक्रबार विहानै चितुवाको आक्रमणबाट एक बालिकाको मुत्यु भएको छ । मुत्यु हुनेमा बन्दिपूर ३ चिलाउनेबेसीकी ११ वर्षीया विना चेपाङ रहेको बन्दिपूर गाँउपालिकाका निर्वतमान अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए ।
चिकित्सक समेत रहेका थापाका अनुसार घर नजिकै रहेको सानिमाको घर जानेक्रममा चितुवाले आक्रमण गरेको हो । मृतक चेपाङ जनता आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिईन् ।
वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा एक दर्जन बढी बालबालिकाले ज्यान गएको छ ।
सुरुमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक थियो । अहिले यस क्षेत्रमा केही न्यूनिकरण भए पनि आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक बढेको छ ।
२०७४ यता भानुमा छ, आँबुखैरेनीमा एक, बन्दिपूरमा चार र शुक्लागण्डकीमा दुई गरी १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांक छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?