दमौली : निर्वाचन आउन अब २५ दिन मात्रै बाँकी छ । चाडपर्वको समयमा समेत उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् ।
निर्वाचन आचारसंहिता विपरित स्थानीय तहका जनप्रतिनिधि पनि नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त भएको पाइएको छ ।
निर्वाचन आचारसंहिताले निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन बन्देज गरेको छ । तर, धेरै ठाउँमा वडाअध्यक्षदेखि पालिका अध्यक्ष, पालिका प्रमुख ,लगायत व्यक्ति नै घरदैलो अभियानमा व्यस्त रहेको पाइन्छ।
निर्वाचन आयोगले भने यस्तो काम आचारसंहिता विपरित हुने बताएको छ ।
आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै काम भएको पाइएमा उजुरी गर्न पनि आग्रह गरेको छ ।
आचारसंहिता विपरितका काम भएको जानकारी पाउनासाथ टेलिफोन, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सकिने छ ।
यस्तो उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष दिन सकिने आयोगले जनाएको छ ।
यसका साथै फोन गर्ने ब्यक्तिको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?