बालगृहमा बालबालिकाले लगाए सामूहिक भाइटीका

दमौली :  व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।

तिहारको पाँचौं दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् ।

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ ।

दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् ।
त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् ।
विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।
अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?