तनहुँमा थप २१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा १३ जना पुरुष र  ८ जना महिला गरि २१ जना संक्रमित  थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरि आज मंगलबार तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।

मंगलबार थपिएकासँगै तनहुँमा  कोरोना संक्रमितको कुल संख्या ५ हजार २ सय १३ पुगेको छ । तीमध्ये १ सय १३ जनाको मृत्यु भएको छ भने ४  हजार ८ सय २१ जना संक्रमणमुक्त भएका छन् ।

निर्देशनालयका अनुसार हाल तनहुँमा सक्रिय संक्रमितको संख्या २ सय ७९  जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?