दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले रोटरी क्लबले सामाजिक क्षेत्रमा दिएको योगदान अनुकरणीय बताएका छन् । । मंगलबार र बुधबार दुई दिन दमौलीमा रोटरी क्लब दमौलीद्वारा आयोजित निःशुल्क बृहत स्वास्थ्य शिबिर कार्यक्रमको आज उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
समृद्ध नेपाल,सुखी नेपाली अहिलेको सरकारको मुख्य प्राथामिकतामा रहेकोले सरकारले मात्रै चाहेर सबै क्षेत्रमा काम गर्न नसक्ने हुँदा गैरसरकारी संस्थासंग समन्वय गर्दै अघि बढेको उनले बताए ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले निम्नस्तरका व्यक्तिसम्म स्वास्थ्यको पहुँच पुराउन निःशुल्क शिबिरको आयोजना गरेको बताए ।
शिबिरमा दाँत,हाडजोर्नी,आँखा,यौनरोग,स्त्री तथा प्रसूति,पेट छाती तथा मुटु,प्रयोगशाला,बालरोग,एक्सरे,निशुल्क औषधी बितरण लगायतका सेवा रहेका छन् ।
दुई दिनमा करिब पाँच हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको रोटरी क्लव दमौलीका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।
आज पहिलो दिन एक हजार ३ सय २५ जना ले सेवा लिएको आयोजकले जनाएको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?