काठमाडाैँ : सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको सर्बाेच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले कात्तिक १२ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियाे ।
सर्वोच्चले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद वा नियमित जिम्मेवारीको पद नभएको पनि आदेशमा उल्लेख गरेको छ ।
सर्बाेच्च अदालतको आदेशको पूर्णपाठ














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?