दमौली : मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई मार्न निर्देशन दिइएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सुचना जारी गर्दै  नरभक्षी चितुवालाई मार्न निर्देशन दिएको हो  ।

तनहुँका विभिन्न स्थानीय तहमा  बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मार्न निर्देशन दिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालय तनहुँमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी  विश्वप्रकाश अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यलय तनहुँले जारी गरेको सूचना :