नेपाली कांग्रेस व्य्यास नगरपालिका वडा नं १४ को वडा सभापतिमा युवराज आले,दुर्गा बहादुर आले,नरिमाया राना र सरस्वती थापा मगर गरि चार जनाको उमेदवारी घोषण गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेशन अन्तर्गत व्यास १४ को वडा सभापतिमा ४ जनाले उमेदवारी घोषण गरेका हुन ।
बिगत लामो समय देखी नेपाली कांग्रेसको सक्रिय र क्रियाशील सदस्यको रुपमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै आईरहेका मध्ये एक हुन युवराज आले । नेपाली कांग्रेसको वडाको वडा संयोजक देखि न.बि. सघं क्षेत्रिय सभापतिमा लामो समय सम्म योगदान गरिसकेका छन् तेसैले उनले यो अधिबेशन उपलब्धिको रुपमा हेरिएको छ । हाल नेपाली कांग्रेसको क्षेत्रिया सदस्य समेत रहेका आलेले पार्टी,समाजको तथा युवाहरुको लागि मेरो योगदान महत्वपूर्ण रहने भन्दै अबको मेरो लक्ष्य युवाहरुको हकहितको रहेको प्रस्ट परेका छन्। अबको मेरो लक्ष्य युवाहरु लाई स्वरोजगार बनाउन प्रशिक्षण तथा तालिमहरु र पार्टीलाइ स्थायीत्व बनाउने बीपीको पथमा आफु सधै रहेको समेत बताए ।
आसन्न १४ औं महाधिबेशन अन्तर्गत व्यास १४ को वडा सभापतिमाको मुख्य दाबेदारी हुन दुर्गा बहादुर आले । नेपाली कांग्रेसको सक्रिय रहेका उनले व्यास १४ अहिले सम्म विकासका परिबर्तनमा महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए । अझ भनौ शिक्षण पेशमा रहेर केशवटारको शिक्षालाई माथि उकास्न उनको भूमिका अब्बल रहेको छ । शिक्षा क्षेत्रमा स्नातकोत्तर गरेका आले १२ वर्ष श्रोत व्यक्तिको रुपमा काम गरिसकेका उक्ता भूमिका पनि आफु अब्बल साबित भएको बताए l उनि हाल केशवटार मा.बि .का प्रधानाध्यापक समेत हुन् ।
केशवटार मा.बि.को भौतिक र शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेका परिचित नाम हुन् आले । विभिन्न सामाजिक क्षेत्रमा काम गरिरेको आले वडा मेलमिलाप कार्यकर्ता मुख्य भूमिका रहेने गर्छन । सभापतिको भूमिकामा समाजलाई अझै मुर्तरुप दिने र आफु निरन्तर समाजको हकहितको लागि काम समेत प्रतिबद्ता गरेका छन् ।
१४ औं महाधिबेशनको तयारीमा रहेको व्यास १४ मा पनि नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा सक्षम नेत्री हुन् नरिमाया राना । उनलाई पनि यस अधिबेशनको सभापतिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । बिगत लामो समय देखि इमान्दार रहेर निरन्तर समाजमा माहिलाहरुको हकहित र सामाजिक कामहरु गरेका काम गर्दै आईरहेका छन् l रुम्सी सामुदायिक बन उपभोक्ता समितिको पूर्व अध्यक्ष बनिसकेका उनि साथी बचत तथा ऋण सहकारी सस्थाको अध्यक्ष पदमा रहेर काम गरिसकेका छन भने यस सस्थालाई जिल्लाकै नमुना बनाउन उनको भूमिका सराहनीय रहेको छ । राना व्यास १४ को जनप्रतिनिधि मात्र नभई व्यास नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन ।अबको अधिबेशनबाट आफु पनि सभापतिको दाबेदार रहेको प्रस्ट पर्दै सभापतिमै बसेर अब पार्टीको बिधि र बिधानलाइ समेत ख्याल गरि नेपाली काँग्रेस व्यास १४ लाइ सुसंगठित बनाउदै लाने, सबै बर्गलाई समेट्ने समाजमा आफु सधै कर्ताव्य निष्ठा काम गर्ने बताइन् । अबका माहिलाहरु पनि सक्षम छन् र महिलाहरुको भिजन पनि देख्न पाउने भन्दै व्यास १४ लाइ साचिकै अब्बल वडाको रुपमा परिचित गराउने उनको योजनामा रहेको समेत प्रकास परिन ।
लामो समयदेखि समाजसेवामा निरन्तर लागिरहेका र पार्टीलाइ बचाई राख्न मुख्या भूमिका छ भने त्यो नाम हो सरस्वती थापा मगर । थापालाई पनि आसन्न १४ औं महाधिबेशन अन्तर्गत व्यास १४ को वडा सभापतिमाको दाबेदारी रुममा हेरिएको हो । पार्टीमा लामो समय सम्म योगदान गरें तर अहिले आफु मुख्या भूमिका रहेर काम गर्न चाहेको बताइन् । थापा मगर नेपाल माहिला सघ जिल्ला कार्यासमितको सदस्य हुन् भने जिल्ला समितिको आमन्त्रित सदस्यमा छन् ।
यो मेरो लागि उतम समय आएको छ भन्दै महिलालाई समाजले हेर्न्र दृष्टिकोण असमान रहेको हुदा अब त्यो भ्रमलाई चिर्न आफु सक्षम रहेको प्रस्ट पर्दै अबको लक्ष्य महिलाहरुलाई हरेक समाज र पार्टीमा समेत हक अधिकारको प्रत्याभूति दिलाउने भूमिका आफ्नो रहेकोले यसैको लागि आफुले उमेदवारी दिएको बताइन् । साथी बचत तथा ऋण सहकारी सस्थाको सस्थापक कोष अध्यक्ष , तीन धारे खानेपानी सस्थाका निबर्तमान अध्यक्ष हुन भने हाल केशवटार होम स्टेको अध्यक्ष समेत रहेकी छिन् ।
व्यास नगर पालिका वडा न १४ का वडा अध्यक्ष एबम सभापति काजिमान श्रेष्ठले पनि आफु पुन: वडा सभापतिमा दाबी नरहेको बताएका छन् । अध्यक्ष श्रेष्ठले आफु क्षेत्र नं १ प्रदेश २(ख)को सभापतिको दाबी रहने समेत बताएका छन् । आसन्न १४ औं महाधिबेशन नेपाली कांग्रेसको अन्तरिक पाटो रहेकाले यसलाई मिलाएर जाने, जो आए पनि पार्टीमा सक्षम आउने र पार्टीको हितको लागि मात्रै नभई व्यास १४ लाई नेतृत्व गर्न सक्ने ब्यक्ति छानिएर आउने विश्वास समेत ब्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?