दमौली : नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले युवा शक्ति नै परिवर्तनका आधार भएको हुदाँ युवालाई स्वनिर्भर वनाउनुपर्ने वताएका छन् ।
चुनावी अभियानको क्रममा घिरिङ्ग गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दरिलो शक्तिको युवा हो त्यसकारण युवालाई स्वनिर्भर वनाउनुपर्ने वताएका हुन् ।
“अवको अर्जुनदृष्टि विकास र समृद्धि हो , यसका लागी युवा शक्तिको दरिलो आड चाहिन्छ, जसले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्दछ, ” उनले भने ।
युवा शक्तिको उचित परिचालनले नै समाज निर्माण र देश समृद्ध हुने हुदाँ त्यसको लागी युवालाई स्वनिर्भर वनाउन भुमिका खेल्नुपर्ने वताए ।
देशले मात्र होईन, हामीले नै हरेक ठाँउमा आफनो जिम्मेवारिता वहनका लागी तत्परता देखाउने हो भने समृद्धि असम्भव नभएको वताए ।
युवा शक्तिको सदुपयोग गर्न सकिएमा आत्मनिर्भर वन्ने र त्यसले समाजमा मात्र नभई देशमा नै सकारात्मक प्रभाव पार्ने समेत केदार सिग्देलले वताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?