दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ -१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ जिल्ला सभापति विकास सिग्देल घण्टी नै घरदैलोमा पुगेका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा आफ्नो चुनाव चिन्ह नै बोकेर पुगेका हुन् ।
सिग्देलले शुक्रबार व्यास नगरपालिकाको केही भाग र भानु नगरपालिकामा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।
पुरानो दलले मुलुकलाई निकास नदिने देखेपछि आफूले उम्मेदवारी दिएको घरदैलो कार्यक्रममा उनले सुनाए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?