तनहुँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब केहि दिन बाँकी छ। दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। उम्मेदवारहरु बिहानदेखि साँझसम्मै घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्।
केहि दिन देखि आक्रामक प्रचार प्रसार गर्दै हिडेका नेपाली कांग्रेसका तर्फबाट तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले मतदाताबाट प्राप्त समर्थनले राम्रो प्रतिक्रिया आइरहेको र जनताले आफुलाई पूर्ण विश्वास गरेको बताए ।मतदातासंगको भेटघाट, छलफल र अन्तरक्रिया तिब्र परेका उनले जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार रहेको समेत बताए ।

‘जनताका हरेक समस्या समाधानका लागि क्रियाशील हुनेछु, गाउँ नगरको विकासमा मेरो मुख्य ध्यान रहेको छ साथै जनताले मत हाल्ने प्रतिबदता जनाई बिजयको अग्रिम शुभकामना दिनुभएको छ , सबैमा उत्साह छ’। उनले भने
उम्मेदवार श्रेष्ठ आज व्यास ८ को मकरे , सोतिबेसी, बाहुन पोखरा, गाडापनि, पुलिमराङ, लप्ररी, बिलाउने लगायतका विभिन्न स्थानमा घरदैलो गरेका थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?