पछिल्लो २४ घण्टामा तनहुँमा थप ६० जनामा काेभिड १९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ ।
एक सय १२ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण दर बढिरहेको छ । यो सहित तनहुँमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ हजार २ सय ७३ पुगेको छ । तीमध्ये ४ हजार ८ सय ४१ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ सय १९ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?