तनहुँको विकास र तनहुँवासीको समृद्धि मेरो प्रमुख अजेण्डा हो : घर्ती

दमौली  :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ -१ प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद घर्तीले आफनो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।

बुधबार बन्दीपुरको विभिन्न वडामा आयोजित घरदैलोको क्रममा समग्र तनहुँको विकासको लागि आफ्नो उम्मेदवार रहेको बताउदै तनहुँवासीको समृद्धिको प्रमुख अजेण्डा बनाएर आएको जनाएका हुन् ।

यसअघि  सांसदमा जितेका व्यक्तिले अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै उनले  हामीलाई आश्वाशन दिनु बाहेक अरु काम गर्न नसकेको गुनासो गरेका छन् ।

राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?