
दमौली : तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार पृथ्वीनारायण श्रेष्ठ घरदैलो अभियानमा व्यस्त रहेका छन् । श्रेष्ठले चुनावी अभियान अन्र्तगत सो क्षेत्रमा पर्ने बन्दीपुर गाउँपालिकाका वडामा घरदैलो गरिरहेका छन् ।
घरदैलौको क्रममा नागरिकसँग भेट्दा निकै राम्रो प्रतिक्रिया पाएको श्रेष्ठले बताए । यसपटक जनताले परिवर्तन खोजेको र सो परिवर्तन लागि आफु एकमात्र विकल्प भएको श्रेष्ठको दावी छ ।
‘म युवा हुँ र मसँग यो क्षेत्रको विकास र समृद्धिको लागि स्पष्ट योजना छ’, उनले भने, ‘जितेपछि ५ वर्ष हराउने काम नगर्ने प्रवृति अन्त्य म गर्नेछुँ र विकास के हो भनेर म देखाउने छुँ । त्यसैले मतदाताहरुले मलाई नै जिताउनेमा म ढुक्क छुँ ।’
उनले आफु लामो समयदेखि स्थानीय जनताहरुको सुखदुःखमा सधैंसँगै रहेकोले जनताहरुको मत प्राप्त गरी विजयी हुनेमा श्रेष्ठले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?