मत हामीलाई दिनुस् ,हामी काम गरेर देखाउछौँ :रवि लामिछाने

पोखरा :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुको उम्मेदवारलाई विश्वासले  गरेका छन् ।

गण्डकी प्रदेश कमिटि द्वारा  बिहिवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै तपाइले दिएको मतले विजय भएपछि काम गरेर देखाउने बाचा व्यक्त गरेका छन्   ।

भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गर्दै उनले  भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’ ।

जनपक्षिय कामको लागि मेरो उम्मेदवारी रहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा भएका राम्रो नराम्रो कामको सम्पूर्ण जिम्मेवारी म स्वयम आफूले लिने बताए  ।

आफुले चुनाव नजितेपनि जनताको काम गर्न नछोड्ने उनको भनाइ छ ।

मत फेर्नु अवसरवाद नभएको तर्क गर्दै उनले परिवर्तनका लागि गोली खाएका पार्टीलाई सच्चिने अवसरका लागि यसपटक प्रतिपक्षमा राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?