व्यास नगरपालिकाद्धारा एम्बुलेन्स सञ्चालन गर्ने

व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले विरामीको छिटो छरितो सहज उपचारका लागि वातानुकूलित (एसी) सहितको एम्बुलेन्स खरीद गरेको छ । १२ लाख ९५ हजार रुपैयामा खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरबासीको स्वास्थ्य सुरक्षाका लागि धारा, स्ट्रेचर, अक्सिजन सिलिन्डर, फस्ट एड किट सहितको एम्बुलेन्स सेवा नगरपालिकाको तर्फबाट सञ्चालन गर्न पाएकोमा खुसी लागेको नगर प्रमुख वैकुष्ठ न्यौपानेले बताए । आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आह्वान गरि एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएकोमा सिप्रदि ट्रेडिङ प्रा.लि संग खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको मापदण्ड अनुसार एम्बुलेन्स सञ्चालन प्रकृयालाई अगाडि बढाइने र नगरबासीलाई सहज रुपमा सेवा प्रदान गरिने पनि नगर प्रमुख न्यौपानेले बताए ।

निकट भविष्यमा व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि पनि सो एम्बुलेन्स प्रयोगमा ल्याईने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?