दमौली : तनहुँको व्यास नगरपालिका-३, शान्ति नगरस्थित मादी नदीमा नुहाउने क्रममा अचनाक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० का ६० बर्षिय झिलकबहादुर पौडेलको रहेको छ ।
शनिबार दिउँसो सवा १२ बजे मादी नदिमा नुहाउने क्रममा पौडेलको मृत्यु भएको हो ।
पौडेललाई नदीले १ किलोमिटर तल व्यास–५ पाटनमा पुर्याएको अवस्थामा स्थानिय मानिसहरुले देखेपछि तत्काल उद्दार गरी उपचारको लागि दमौली अस्पतालमा लगेको थियो ।
उनको उपचारको क्रममा दिउँसो १ः २० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?