
दमौली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेलले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन्।
गठबन्धन दल द्वारा डुम्रेमा आयोजित चुनावी कोणसभालाई सोमवार सम्बोधन गर्दै अध्यक्ष दाहालले तनहुँ-१ बाट निर्वाचन जितेर चुनावपछि पौडेलले देशको नेतृत्व लिने सम्भावना बढेको बताएका हुन्।
” हरि बहादुर चुमानले जितेपछि गण्डकीको मुख्यमन्त्री बन्नेछन्।, यो निर्वाचनपछि पौडेलले देशको नेतृत्व लिने सम्भावना छ। “उनले भने, गठबन्धन निर्मण गर्दा पनि कांग्रेस बाट पौडेलको योगदान रहेको छ ।’
उनले तनहुँ -१ प्रदेश सभा (क)का उम्मेदवार अशोक श्रेष्ठ पनि जल्दोबल्दो नेता भएकाले तनहुँको विकास गर्न सक्ने योग्यता उनमा रहेको बताए ।
उनले लम्जुंगबाट आफ्नो पार्टीको महासचिव देव गुरुङ, तनहुँमा वरिष्ठ नेता पौडेल र गोरखाबाट आफुले रहेकाले डुम्रेलाई आर्थिक राजधानी बनाउनु पर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?