गठबन्धन दल द्वारा डुम्रेमा आयोजित चुनावी कोणसभालाई सोमवार सम्बोधन गर्दै पौडेलले अहिलेको पाँच दलीय गठबन्धनले जिते मात्रै देशको विकास सम्भव रहेको बताएका हुन्।
देशकै नमुना क्षेत्रको रूपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए ।
कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना–ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उमेदवारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?