
दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद घर्ती हलो नै लिएर घरदैलोमा पुगेका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा आफ्नो चुनाव चिन्ह नै बोकेर पुगेका हुन् ।
घर्ती ले मंगलवार बिहान व्यास नगरपालिका-३ मा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?