दमौली : नेकपा एमाले जिल्ला कार्यसमिति तनहुँले आसन्न निर्वाचनमा निष्पक्ष र धाँधली रहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकार सँग माग गरेको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ध्यानकर्षण पत्र बुझाउदै सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न निर्वाचनमा निष्पक्ष र धाँदलि रहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकार सँग माग गरेको हो ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ द्वारा जारी गरेको ध्यानकर्षण पत्र लेखिएको छ -: “निर्वाचन कार्यक्रम संचालन गरिरहदा , निर्वाचन सम्पन्न नहुँदा सम्म कर्मचारीहरुको भूमिका, मतदाता शिक्षामा सरकार द्वारा खटाएका स्वयसेवकको भूमिका र सुरक्षा निकाय र अन्य राज्यका जनशक्तिको भूमिका तथस्ट रहनेछ ।”
ध्यानकर्षण पत्र








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?